"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फेरी मन्त्री फेरवदल, राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

प्रकाशित मिति :  4 July, 2022 5:14 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीनजना मन्त्रीले सोमबार राष्ट्रपति भवनमा मन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिसमक्ष शपथ लिने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र सिंह र वन तथा वातावरण मन्त्री प्रदीप यादव हुनुहुन्छ ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका तीन मन्त्री फिर्ता बोलाएर तीनजना नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्टपतिले सोमबार नै तीनजना नेतालाई मन्त्री पदमा नियुक्ति गर्नुभएको हो ।

यसअघि जसपामा भौतिक पूर्वाधार मन्त्रीमा रेनुकुमारी यादव, वनमन्त्री रामसहाय यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

सोमबार नै राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा केही मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी