"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक जग्गा अपचलनमा अख्तियारले ३० जनालाई सोध्यो स्पष्टीकरण

प्रकाशित मिति :  7 July, 2022 9:27 am


काठमाडौं । जनकपुरको पिडारीचोकमा रहेको ८ बिगाहाभन्दा बढी सरकारी जग्गा दिवश विक्रम शाहको नाममा भोगचलन गरेको प्रकरणबारे सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

अख्तियार आज दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै शाहसहित ३० जनाको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका–३ का दिवश विक्रम शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने विषयमा परेको उजुरीबारे अनुसन्धान गर्ने क्रममा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएपछि अख्तियारले सोधपुछ गर्न लागेको हो ।

अख्तियारले दिवश विक्रम शाहसहित तत्कालीन मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायण लाल दास, नापी कार्यालय धनुषाका तत्कालीन नापी टोली प्रमुख चौमानसिंह थापा, नापी कार्यालय धनुषाका तत्कालीन निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको छ ।

विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, संज्ञान देवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा लगायतको नाममा पनि ७ दिने सूचना जारी गरिएको छ ।

यसैगरी नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जन कुमार गोइत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई पनि अख्तियारले बोलाएको छ ।

हेर्नुहोस् अख्तियारको सूचना :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी