"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक जग्गा अपचलनमा अख्तियारले ३० जनालाई सोध्यो स्पष्टीकरण

प्रकाशित मिति :  7 July, 2022 9:27 am


काठमाडौं । जनकपुरको पिडारीचोकमा रहेको ८ बिगाहाभन्दा बढी सरकारी जग्गा दिवश विक्रम शाहको नाममा भोगचलन गरेको प्रकरणबारे सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जनालाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

अख्तियार आज दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै शाहसहित ३० जनाको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिका–३ का दिवश विक्रम शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने विषयमा परेको उजुरीबारे अनुसन्धान गर्ने क्रममा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएपछि अख्तियारले सोधपुछ गर्न लागेको हो ।

अख्तियारले दिवश विक्रम शाहसहित तत्कालीन मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायण लाल दास, नापी कार्यालय धनुषाका तत्कालीन नापी टोली प्रमुख चौमानसिंह थापा, नापी कार्यालय धनुषाका तत्कालीन निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको छ ।

विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, संज्ञान देवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रा लगायतको नाममा पनि ७ दिने सूचना जारी गरिएको छ ।

यसैगरी नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जन कुमार गोइत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई पनि अख्तियारले बोलाएको छ ।

हेर्नुहोस् अख्तियारको सूचना :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार

काठमाडौँ — भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा कर्मचारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान