"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक वर्षको ११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब रेमिटेन्स

प्रकाशित मिति :  11 July, 2022 6:32 pm


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो। 

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले वृद्धि भई रु सात अर्ब ५१ करोड बराबर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार कूल तीन लाख १३ हजार ३६७ नेपालीले त्यस्तो अनुमति लिएका छन्।अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५२.१ प्रतिशतले घटेको थियो।

सो अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु १० खर्ब ६ अर्ब सात करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो। 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा