"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक वर्षको ११ महिनामा भित्रियो नौ खर्ब चार अर्ब रेमिटेन्स

प्रकाशित मिति :  11 July, 2022 6:32 pm


काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नौ खर्ब चार अर्ब १८ करोड रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको ११ महिनाको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३.८ प्रतिशतले वृद्धि भएको हो। 

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा भएको विप्रेषण आप्रवाह १.५ प्रशितले वृद्धि भई रु सात अर्ब ५१ करोड बराबर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार कूल तीन लाख १३ हजार ३६७ नेपालीले त्यस्तो अनुमति लिएका छन्।अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई दुई लाख ५९ हजार ९१ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५२.१ प्रतिशतले घटेको थियो।

सो अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई रु १० खर्ब ६ अर्ब सात करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो। 

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय