"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थ मन्त्रालयमा सबैभन्दा धेरै बेरुजु : कुन मन्त्रालयमा कति ?

प्रकाशित मिति :  ३१ असार २०७९, शुक्रबार १३:२२


काठमाडौं । अर्थ मन्त्रालय सबैभन्दा बढी रकम बेरुजु हुने मन्त्रालय बनेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन अनुसार अर्थ मन्त्रालयमा सबैभन्दा बढी बेरुजु देखिएको हो ।

मन्त्रालयतर्फ असुल गर्नुपर्ने, नियमित र पेस्कीसहित कुल बेरुजु रकम ४४ अर्ब ३९ करोड रहेको छ। जसमध्ये अर्थमन्त्रालयमा कुल २२ अर्ब ८४ करोड बेरुजु देखिएको छ। जुन कुल मन्त्रालयमा भएको बेरुजुको ५१.४७ प्रतिशत हो। 

यस्तै दोस्रो धेरै बेरुजु हुने मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ। यस मन्त्रालयमा कुल ६ अर्ब ८१ करोड रकम बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। जुन मन्त्रालयमा भएको कुल बेरुजुको  १५.३६ प्रतिशत हो। यसैगरी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा दुई अर्ब ६५ करोड रकम बेरुजु  रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। जुन मन्त्रालयहरुमा भएको कुल बेरुजुको ५.९८ प्रतिशत हो।

 यसैगरी खानेपानी मन्त्रालयमा दुई अर्ब २५ करोड रकम बेरुजु रहेको छ। जुन ५.०९  प्रतिशत हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा १ अर्ब ८४ करोड बेरुजु भएको छ। जुन मन्त्रालयमा भएको कुल बेरुजुको ४.१५ प्रतिशत हो। 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक अर्ब ५२ करोड बेरुजु रहेको छ। जुन मन्त्रालयमा भएको कुल बेरुजुको ३.४३ प्रतिशत हो। सहरी विकास मन्त्रालयमा १ अर्ब २० करोड रकम बेरुजु रहेको छ। जुन, मन्त्रालयमा भएको कुल बेरुजुको २.७२ प्रतिशत हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक अर्ब ४ करोड रकम बेरुजु रहेको छ।  जुन मन्त्रालयमा भएको कुल बेरुजुको २.३६ प्रतिशत हो। संघीय तथा सामान्य प्रशासन मन्त्रालयमा ९७ करोड बेरुजु रहेको छ। जुन, मन्त्रालयमा भएको कुल बेरुजुको २.२१ प्रतिशत हो। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयमा ८३ अर्ब बेरुजु रहेको छ। जुन, मन्त्रालयमा भएको कुल बेरुजुको १.८८ प्रतिशत हो।

 यी दश मन्त्रालयमा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजुको ९४.६४ प्रतिशत रहेको छ। बाँकी आठ मन्त्रालयमा कुल २ अर्ब ३७ करोड बेरुजु देखिएको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन

काठमाडौँ – चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ।

म्याग्दी- दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। असोज र कात्तिक महिनामा १ लाख ४४ हजार १५५