"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको पासपोर्ट विश्वकै कमजोर किन ?

प्रकाशित मिति :  20 July, 2022 4:58 pm


काठमाडौँ । संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५ औं) स्थानमा छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो ।

संसारका कति मुलुकहरूले भिसाबिनै(भिसाफ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।

जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ । दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।

इटाली, फिनल्यान्ड, र लक्जेमवर्ग १ सय ८९ देशसहित चौथो र डेनमार्क, अस्ट्रिया, नेदरल्यान्ड्स र स्विडेनको राहदानी १ सय ८८ देशसहित पाँचौं शक्तिशाली पाइएको छ ।

फ्रान्स, पोर्चुगल, आयरल्यान्ड र बेलायत १ सय ८७ देशसहित छैटौं तथा १ सय ८६ देशसँगै स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, नर्वे, बेल्जियम र न्युजिल्यान्ड ७ औंमा छन् ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत ८७ औं स्थानमा, भुटान ९३ औं, बंगलादेश १ सय ४ औं र पाकिस्तान १०९औं स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १२ औं स्थानमा) छ ।

यस पटक पनि शीर्ष ३ बाहेक अन्य स्थानमा युरोपेली मुलुकको दबदबा देखिएको छ ।

संसारका सबैभन्दा बढी शक्तिशाली राहदानी

१. जापान

२.सिंगापुर, दक्षिण कोरिया

३. जर्मनी, स्पेन

४. फिनल्यान्ड, इटाली, लक्जेम्बर्ग

५.अस्ट्रिया, डेनमार्क, नेदरल्यान्ड्स, स्विडेन

६.फ्रान्स, आयरल्यान्ड, पोर्चुगल, बेलायत

७. बेल्जियम, न्युजिल्यान्ड, नर्वे, स्विजरल्यान्ड, अमेरिका

८.अस्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रीस, माल्टा

९.हंगेरी

१०.लिथुआनिया, पोल्यान्ड, स्लोभाकिया

संसारकै सबैभन्दा कमजोर राहदानी

१०५. उत्तर कोरिया

१०६.नेपाल, प्यालेस्टाइन क्षेत्र

१०७.सोमालिया

१०८. यमन

१०९.पाकिस्तान

११०.सिरिया

१११.इराक

११२.अफगानिस्तान

त्यस्तै आर्टन क्यापिटलले गरेको सर्भेअनुसार भने खाडी मुलुक संयुक्त अरब इमिरेट्सको राहदानी सबैभन्दा शक्तिशाली देखिएको छ । आर्टन क्यापिटलले मोबिलिटी स्कोरका आधारमा वरीयताक्रम सार्वजनिक गरेको हो ।

आर्टन क्यापिटलका अनुसार यूएई १७१ मोबिलिटी स्कोरसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै जर्मनी, फिनल्यान्ड,लक्जेम्बर्ग, स्पेन, फ्रान्स र इटाली १६८ अंकसहित दोस्रो स्थानमा रहेका छन् । हेन्लीको वरीयतामा १०६औं स्थानमा रहेको नेपाल भने आर्टन क्यापिटलले सार्वजनिक गरेको वरीयतामा ८४औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्