"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असन्तुष्टि

प्रकाशित मिति :  25 July, 2022 1:35 pm


काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंगठनहरुले संसदमा पेस भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असन्तुष्टि जनाएका छन् ।

उनीहरुले अहिलेको कानुन संशोधनका क्रममा केही सुधारका संकेत देखिए पनि अहिलेको अवस्थामा पीडितलाई पूर्ण न्याय नहुने औल्याएका हुन् ।

एम्नेष्टी इन्टरनेशनल, इन्टरनेशनल कमिसन अफ जुरिष्टस्, ह्यूमन राइट वाच र ट्रायल इन्टरनेशनलले अहिले संसदमा पेस भएको विधेयकले अन्तर्राष्ट्रिय कानुन अन्तर्गतको नेपालको दायित्व पनि पूरा नहुने टिप्पणी गरेका हुन् । उनीहरुले सरकार र संसदले अन्तर्राष्ट्रिय कानुनी मापदण्ड अनुरुप हुने गरी विधेयक संशोधन गर्नुपर्ने माग गरेका छन् ।

आईसीजेकी बरिष्ठ अन्तर्राष्ट्रिय कानुनी सल्लाहकार मन्दिरा शर्माले विधेयकबाट पीडित र तिनका परिवारहरु निराश भएको टिप्पणी गरिन् । उनले भनिन्, ‘विधेयकलाई अहिलेकै अवस्थामा (पारित गरेर) कार्यान्वयन गर्ने हो भने धेरै पीडकहरुलाई न्यायको दायरामा ल्याउनबाट जोगाउनेछ ।’

केही वर्षयता संक्रमणकालिन न्यायको प्रक्रिया अवरुद्ध छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम गर्न सकेका छैन ।

पुरानो कानुनमा समस्या भएपछि संशोधनका लागि सरकारले संसदमा विधेयक पेस गरेको थियो ।नयाँ विधेयकले केही आम माफीका प्रावधानहरु हटाएको भए पनि युद्ध अपराध र मानवता विरुद्धको अपराधलाई अभियोजन गर्ने कुरा अझै असम्भव रहेको ती चार संस्थाको टिप्पणी छ ।

उनीहरुले विधेयकका धेरै प्रावधानले अन्तर्राष्ट्रिय कानुनी मापदण्ड अनुसारको जवाफदेहिता स्थापित गर्न रोक लगाएको टिप्पणी गरेका छन् । त्यसमध्येको एक, मुद्दाको पुनरावेदनको विषय समेत हो ।

अहिलेको विधेयकमा विशेष अदालतले मुद्दाको फैसला गरेपछि त्यसविरुद्ध कतै पनि पुनरावेदन नलाग्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी चार संस्थाको विज्ञप्ति अनुसार, मानव अधिकार उल्लंघन, मानवताविरुद्धको अपराध र युद्ध अपराधका पीडकहरुलाई आम माफी दिन मिल्ने गरी गरिएको व्यवस्था गलत छ । प्रमाण संकलनका लागि विशेष अनुसन्धान इकाईको व्यवस्था छैन ।

ह्युमन राइट्स् वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले भनिन्, ‘यस विधेयकमा विस्तृत संशोधन नगरिकन यसले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई बारम्बार अवरोध पुर्‍याइराखेका कानुनी समस्याहरूको सम्बोधन गर्दैन ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द