"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सिंहदरबारभित्र कर्मचारीको ‘पेन डाउन’ मन्त्रालयको कामकाज प्रभावित

प्रकाशित मिति :  8 August, 2022 1:26 pm


काठमाडौंं । सिहंदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईका अनुसार ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको हो ।

अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराई अनुसार पहिलो चरणमा ‘पेन डाउन’ आन्दोलन भएको हो । आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले जानकारी दिए ।

‘सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा हामी वृहत् आन्दोलनको तयारीमा भेला भएका छौं । अहिले पेन डाउन गरेर सुरु गरेता पनि आजै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीसँग भेट्ने, अर्थसचिव र मुख्य सचिवलाई ज्ञापन पत्र बुझाउने कार्यक्रमहरु रहेको छ’ भट्टराईले भने, ‘नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत हुनसक्छ । त्यही अनुसारको हाम्रो आन्दोलनको कार्यक्रम तय हुँदैछ ।’

मन्त्रालयका नासु र खरिदारहरू आन्दोलनमा निस्किंदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर