"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुगुका वन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  9 August, 2022 4:59 pm


काठमाडौं ।   डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर र निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

छायाँनाथ रारा नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्नको लागि प्रदेश सरकारबाट डिभिजन वन कार्यालय, मुगुमा निकासा भएको रकम अनियमितता गरेको भन्‍दै अख्तियार अनुसन्धान दुरूपयोग आयोगले डिभिजन वन कार्यालय, मुगुका डिभिजन वन अधिकृत भरत बहादुर बुढथापा, सव-इन्जिनियर हिमाल कुमार मल्ल र सव-इन्जिनियर गोरसिंह बढुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसका साथै सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढासमेतले डिभिजन वन कार्यालय, मुगुसँग गरेको सम्झौताको भन्‍दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण गरी गराई, झुट्टा नापी किताब, मूल्याङ्‍कन विल, उपभोक्ता समितिको विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी गराई सोही कागजातको आधारमा भएको उनीहरुविरुद्ध २० लाख ४८ हजार ४०३ रुपैयाँ विगो दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले