"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो

प्रकाशित मिति :  12 August, 2022 2:30 pm


काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ ।

ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्‍याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए । ‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ गतेको आवेदन संख्यालाई हेर्दा घटेको जस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले भने ।

सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् । अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिन्छ ।

विचौलियाहरुले अप्लाई गरी होल्ड गरेर तनाव दिएको हुनाले कोटा थपेर समय नै तोकेर यो सूचना निकाल्न लगाएको स्रोतले बतायो । ‘वास्तविक आकांक्षीले अप्लाई गरुन् भन्ने उद्देश्य हो,’ स्रोतले भन्यो ।

हाल आवेदकबाट प्राप्त शुरु विवरणहरु संशोधन गर्न रोक लगाउने तयारी पनि गरिरहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द