"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आयोगको अनुमान : आम निर्वाचनमा दस अर्बको खर्च

प्रकाशित मिति :  16 August, 2022 4:09 pm


काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट माग गरेको छैन। यद्यपि आयोग पदाधिकारीको बैठकले आर्थिक कार्यविधि पारित गरेर सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र, मतपेटिका, छेकबारालगायतका निर्वाचन सामग्री स्थानीय चुनावभन्दा चार गुणा बढ्ने हुँदा निर्वाचन खर्चमा समेत उल्लेख्य वृद्धि हुनेछ। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार रुपियाँ खर्च भएको थियो। आयोगले १० अर्ब रुपियाँ बजेट माग गरेकोमा स्थानीय चुनावका लागि सरकारले आठ अर्ब ११ करोड रुपियाँ सुनिश्चित गरेको थियो।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र चार दोब्बर बढी छाप्नुपर्ने बताउनुभयो। स्थानीय निर्वाचनमा करिब दुई करोड मतपत्र छापिएको थियो। स्थानीय चुनावमा मतपत्र छाप्न करिब २८ करोड रुपियाँ खर्च भयो। उक्त चुनावमा एउटै कागजमा मतपत्र प्रयोग भएको थियो। उहाँले भन्नुभयो, “मतपत्रको सङ्ख्या वृद्धि भएपछि कागज, मसी, ढुवानी खर्च स्वभाविक रूपले बढ्नेछ।” प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभा सदस्यतर्फ दुई गरी चार प्रकारको मतपत्र आठ करोड थान छापिने उहाँले बताउनुभयो। प्रतिनिधि सभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी चार प्रकारको आठ करोड मतपत्र छापिने छन्।

मतदाताले एउटा मतपत्र दिन एक जना जनशक्ति परिचालन गरिएकोमा आगामी चुनावमा चार प्रकारको मतपत्रका लागि थप तीन जना जनशक्ति थपिने जनाइएको छ। आयोगले चुनाव हुनुभन्दा एक साताअघि उक्त जनशक्ति परिचालन गर्दा करिब १० हजार रुपियाँ खर्च गरेको थियो। देशभरिका २१ हजार ९५५ मतदान केन्द्रमा त्यत्तिकै सङ्ख्यामा जनशक्ति परिचालन भएको थियो तर उक्त सङ्ख्यासमेत चार गुणाले बढ्नेछ।

त्यसैगरी एउटा मतदान केन्द्रमा एक थान छेकबारा र सुरक्षा पर्दा लागेकोमा आगामी चुनावमा उक्त सङ्ख्यासमेत चार गुणाले बढनेछ। प्रवक्ता पौडेलका अनुसार चार प्रकारको मतपत्रका लागि छुट्टाछुट्टै मतपत्र हाल्ने पेटिका रहने छन्। मतपेटिकासमेत मतदान केन्द्रको आधारमा करिब चार गुणा बढी हुनेछन् तर मतदान अधिकृत, सहायक मतदान अधिकृत, नङमा मसी लगाउने जनशक्ति, कलमलगायतका सामग्री भने उत्तिकै सङ्ख्यामा रहने छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द