"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : प्रमुख वालेन साह

प्रकाशित मिति :  17 August, 2022 12:48 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने आफ्नो उद्देश्य नभएको प्रस्ट पारेका छन् ।  फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्दर्भमा काठमाडौं महानगरपालिकाका प्रमुख साहले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही समस्या नपरोस् । यो हाम्रो प्रतिबद्धता हो । प्रतिबद्धतामा हामी इमानदार, सचेत र संवेदशनशील छौँ ।’

गएको जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाबीच भएको सम्झौता कार्यान्वयनको अवस्थाका विषयमा जानकारी दिँदै प्रमुख शाहले तत्काल गर्नुपर्ने काम नियमित प्रक्रियाबाट भइरहेको र चालू आर्थिक वर्षमा गर्नुपर्ने काम गर्न बजेट विनियोजन गरिएको उल्लेख गरे ।

प्रहरी प्रशासनको सहयोग लिएर मंगलबार एक सय ८६ गाडी फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । 

आज पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानीको तयारी

काठमाडौं महानगरले आज पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानीको तयारी गरेको छ । सशस्त्र प्रहरी बेस क्याम्प बन्चरेका नायव निरीक्षक युवराज रिजालका अनुसार स्थानीयहरू डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोलानजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनमा बसेका छन् । 

नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार फोहोर बोकेर गएका एक सय सवारीसाधन मुड्खुबाट अगाडि बढिसकेका छन् । कतिपय ठाउँमा सडक साँघुरो भएकाले आवागमन सहज नहुनाले तीनतिप्लेमा केही गाडी रोकिएका छन् । यसैगरी ठूलो खोलामा केही, रातमाटे कोल्पुमा केही र सिसडोल आलेटार खण्डमा केही गाडी रोकिएका छन् । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द