"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आजदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको उत्पादन र प्रयोग निषेध

प्रकाशित मिति :  17 August, 2022 1:16 pm


काठमाडौं । सरकारले आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन, आयात, बिक्रि-वितरण तथा प्रयोगमा निषेध गरेको छ ।

वातावरण विभागका अनसार आजबाट यो निर्णयको कार्यान्वयन भए नभएको बारे कडा अनुगमन हुने भएको छ । नेपाल सरकारले १९ असोज २०७८ मा राजपत्रमा सूचना निकाल्दै ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो । यस्तो सूचना राजपत्रमा प्रकाशित गरिएको थियो ।

मन्त्रिपरिषदले १७ माघ २०७८ मा प्लाष्टिक झोला प्रतिवन्ध सम्बन्धी कार्ययोजना २०७८ समेत स्वीकृत गरेको थियो । यसलाई १ भदौबाट कडाईका साथ पालना गरिने विभागले जनाएको छ । कोभिड १९ का कारण सरकारले बीचमा यो निर्णयलाई खुकुलो छाडेको थियो ।

अब यस्तो वस्तुको प्रयोग वा बिक्रि गरेको पाइएमा वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारावाही हुने विभागले जनाएको छ । नेपालका वातावरण प्रदूषण, नदी नाला र ढल निकासमा समेत यस्ता प्लाष्टिकको प्रयोगले प्रदुषण बढाएको विभागको भनाइ छ ।

विभागको सूचना 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ