"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपिओ निष्कासन गर्ने

प्रकाशित मिति :  23 August, 2022 1:44 pm


काठमाडौं । श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ।

निष्कासन गरिने कुल कित्ता आइपिओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।

बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आइपिओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म थप हुनेछ। 

आवेदकले न्यूनतम १० कित्तादेखि एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले मेराे सेयर वेबसाइट तथा एपका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर–एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा