"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपिओ निष्कासन गर्ने

प्रकाशित मिति :  23 August, 2022 1:44 pm


काठमाडौं । श्रृजनशील लघुवित्तले भदौ १५ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशतले हुन आउने आइपिओ निष्कासन गर्न लागेको हो।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गर्नेछ।

निष्कासन गरिने कुल कित्ता आइपिओमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको कम्पनीले बताएको छ।

बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्नेछन्। उक्त आइपिओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा भने भदौ २९ गतेसम्म थप हुनेछ। 

आवेदकले न्यूनतम १० कित्तादेखि एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदकले मेराे सेयर वेबसाइट तथा एपका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर–एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय