"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले सुनायो फैसला

प्रकाशित मिति :  23 August, 2022 5:41 pm


काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ । समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको छ ।

संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो । जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय मुद्दामा निवेदकको माग अनुसार रिट जारी गरेको छ ।

निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ । त्यस्तै रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ । अब सरकारले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरुको व्यवस्थापन गर्नुपर्नेछ ।

यद्यपि सर्वोच्च अदालतबाट आदेशको लिखित रुप आएको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर