"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फुटपाथ व्यापारीले बुझाए काठमाडौं महानगरलाई ज्ञापनपत्र

प्रकाशित मिति :  23 August, 2022 5:49 pm


काठमाडौं । काठमाडौंका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापन-पत्र बुझाएका छन्। मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापन-पत्र बुझाउन काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए।

उनीहरूले ‘रोजगारीको ग्यारेन्टी गर, फुटपाथ व्यवसायीको व्यवस्थापन गर, बाँच्न पाउने अधिकार सुनिश्चित गर, गास-बासको ग्यारेन्टी गर, श्रमको सम्मान गर’ लगायत नारा लगाएका थिए।

उनीहरूले सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नु पर्नेसहित तीन वटा माग राखी महानगरलाई ज्ञापन-पत्र बुझाएको काठमाडौं महानगरपालिका प्रवक्ता महेश काफ्लेले जानकारी दिए।

‘उहाँहरूले सडक किनारमा काम गरेर रोजीरोटी गरेकालाई अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने बताउनुभएको छ,’ उनले भने, ‘त्यस्तै सडक व्यापारीलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने र महानगर प्रशासनको भइरहेको अमानवीय व्यवहार बन्द गर्नु्पर्ने  पनि उहाँहरूको माग छ।’

संघर्ष समितिले यसअघि सरकारसँग भएको सम्झौतासमेत कार्यान्वयन गर्नुपर्ने बताएको छ। संघर्ष समितिले काठमाडौंका मेयर बालेन शाहलाई भेटी ज्ञापन पत्र बुझाउन खोजेका थिए तर मेयर शाहले समय नदिएपछि प्रवक्ता काफ्लेलाई ज्ञापनपत्र बुझाएका हुन्।

फुटपाथ व्यापारीको ज्ञापनपत्र मेयर शाहलाई बुझाउने उनले जानकारी दिए। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द