"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आवको पहिलो महिनाको आयत १२.९० प्रतिशत कम

प्रकाशित मिति :  23 August, 2022 7:02 pm


काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना (साउन) मै आयातमा गिरावट आएको छ । यसले बाह्य क्षेत्रमा परेको दबाव केही कम हुनेछ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँ बराबरको आयात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा १२.९० प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो ।

आयातसँगै निर्यातमा समेत यो महिनामा गिरावट आएको छ । विभागका अनुसार साउनमा मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो गत आवको यसै महिनाको तुलनामा २८.६८ प्रतिशत कम हो । गत आवमा साउनमा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

वैदेशिक व्यापार ओरालो

आयात र निर्यात दुवै घटेको यो महिना गत वर्षको साउनको तुलनामा वैदेशिक व्यापार खस्किएको छ । साउनमा कुल १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख रुपैयाँ बराबरको व्यापार भएको छ । यो गत आवको साउनको तुलनामा १४.८१ प्रतिशत कम हो । गत आवमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

व्यापार घाटा भने यो महिनामा १ खर्ब १६ अर्ब ४७ लाख रुपैयाँ बराबरको भएको छ । यो गत साउनको तुलनामा १०.३८ प्रतिशत कम हो । गत आवको साउनमा १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबर व्यापार घाटा थियो । अहिले १ सय रुपैयाँ बराबरको वैदेशिक व्यापार भएमा ८९.८६ प्रतिशत आयात र १०.१४ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

२५ अर्बको पेट्रोलियम पदार्थको आयात

साउनमा नेपालले २५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । नेपालले औसत मासिक ३० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो ।

साउनमा ५ अर्ब रुपैयाँ हाराहारी पेट्रोलियम पदार्थको आयात नै कम भएको छ । यसले समग्र आयात कम गर्न सहयोग पुगेको हो ।

साउनमा फलाम र स्टिलको आयातमा ११ अर्ब २३ करोड रुपैयाँ विदेशिएको छ । नेपालबाट सबैभन्दा धेरै वनस्पति तेलको निर्यात भएको छ । यस्तो निर्यात ५ अर्ब ४२ करोड रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको