"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘युवाले देखेको नेपाल’ को परिमार्जित नयाँ संस्करण बजारमा

प्रकाशित मिति :  26 August, 2022 2:08 pm


काठमाडौं । आर सी अधिकारीद्वारा लिखित ‘युवाले देखेको नेपाल’ पुस्तकको परिमार्जित नयाँ संस्करणको बजारमा उपलब्ध भएको छ ।समसामयीक विषयबस्तुमा युवाका बारेमा कलम चलाउने अधिकारीले पहिलो संस्करण पुस्तक प्रकाशीत गरेपछि पाएका सकारात्मक उर्जाका कारण यस पुस्तकलाई थप विषयवस्तु सहित पुन प्रकाशित गर्ने जमर्को गरेको बताए ।

पाठकहरुबाट अत्यन्तै सकारात्मक प्रतिकृया पाए र दोस्रो संस्करण निकाल्न पाउदा खुशि लागेको उनले बताए । पुस्तक पढेर आफुलाई लागेका प्रतिकृया दिन पाठकहरु समक्ष अधिकारीको आग्रह समेत छ ।

अधिकारीले आफ्नो पुस्तकमा हिजो, आज र भोलिका युवा पुस्ताले नेपालबारे कस्तो सोच बनाउछन् ? के नेपालमा भविष्य छ ? युवाहरूको भावनालाई उजागर गर्दै युवाले चाहेको खण्डमा हरेक परिवर्तन सम्भव हुने आसय यस पुस्तकमा उल्लेख गरिएको छ ।

नेपालले धरै राजनीतिक क्रान्तिमा आफ्नो ऊर्जामय समय खर्च गरिसकेको छ । जस्तै- वि.सं. ००७, ०१७, ०४६ र ०६२/६३ को जन(आन्दोलन गर्नेहरू नै अहिले नेतृत्वमा छन् । राजनीतिक व्यवस्था पटक–पटक परिवर्तन भएपनि नेतृत्व आजसम्म परिवर्तन हुननसक्नु दुःखद कुरा हो । हिजो पनि एकजना नेपाली राम्रो र पर्याप्त खान पाउने, न्यानो लगाउन पाउने, एउटा छानोमुनि मिठो निन्द्रा निदाउन पाउने आशमा बस्थ्यो । आज पनि मानिस त्यही सपना साकार हुने आशमा छन् । फरक यत्ति मात्र हो, हिजो बाबुबाजे त्यो सपनाको पर्खाइमा थिए भने आज छोरा नाति । तसर्थ, यस पुस्तकमार्फत् नेपालको राजनीतिक, आर्थिक, सामाजिक, कूटनीतिक र साँस्कृतिक विषयवस्तुको चिरफार गरिएको छ।

पुस्तकले विगत झन्डै ७० वर्ष अघिदेखि वर्तमानसम्मका यावत विषयमाथि निर्मम ढंगले चिरफार र समीक्षा गरेको छ । पुस्तक युवादेखि वृद्धसम्म, नेतादेखि कर्मचारीसम्म, बौद्धिक र प्राज्ञिक वर्ग सबैका लागि उत्तिकै संग्रहणीय रहेको छ । यो पुस्तकलाई विशेषगरी विद्यालय तहको शिक्षामा समावेश गर्न सकेमा बालबालिकाहरूलाई नेपालको राम्रो ज्ञान हासिल हुनसक्छ । नेपालको खम्बा, भविष्यका देश हाँक्ने जमातलाई पुस्तकले राम्रो मार्गनिर्देशन पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राज्य, जनता र राजनीतिक दलका लागि ओजिलो र सर्वाधिक रुचिको शब्द हो– लोकतन्त्र । यसको विगत, वर्तमान र भविष्यको चर्चा विश्वव्यापी

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै