"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायात सुरक्षित र व्यवस्थित बनाउन आग्रह

प्रकाशित मिति :  30 August, 2022 4:40 pm


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनुभएको छ। 

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराउनुभएको हो । यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुनुहुन्थ्यो । 

भेटमा ट्रक व्यवसायी महासङ्घ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो । यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ । 

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताउनुभएको थियो । आफूहरूले ठूला चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाटै पहल गरिरहेको बताउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक