"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायात सुरक्षित र व्यवस्थित बनाउन आग्रह

प्रकाशित मिति :  30 August, 2022 4:40 pm


काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायात क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराउनुभएको छ। 

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराउनुभएको हो । यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि हुनुहुन्थ्यो । 

भेटमा ट्रक व्यवसायी महासङ्घ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थियो । यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल भएको जानकारी गृहमन्त्रीको निजी सचिवालयले दिएको छ । 

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताउनुभएको थियो । आफूहरूले ठूला चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाटै पहल गरिरहेको बताउनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्