"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारबाट साढे ६ सय अस्थायी दरबन्दी सिर्जना

प्रकाशित मिति :  30 August, 2022 4:45 pm


काठमाडौं । सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रम र परियोजनाका लागि थप साढे ६ सय अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार ऊर्जा मन्त्रालयका कार्यक्रमका लागि विभिन्न सेवा समूहका अधिकृत तहका ४३१ अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

त्यस्तै चिकित्सा शिक्षा आयोगका र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका परियोजना र कार्यक्रमका लागि अधिकृतस्तरका १०५ अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

कृषि तथा पशु पक्षी विकास मन्त्रालय अन्तर्गत ५०, वन तथा वातावरण मन्त्रलय अन्तर्गत ४७ र उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत ३० पद अस्थायी दरबन्दी स्वकृत भएको छ ।

स्थायीबाटै पदपूर्ति

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीका अनुसार यी अस्थायी दरबन्दी स्थायी कर्मचारीबाटै पदपूर्ति गरिने हो । ‘यी पद नयाँ नियुक्ति गर्नका लागि नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्ने प्रयोजनका लागि सिर्जना गरिएको हो’ उनले भने ।

आयोजना र कार्यक्रमहरु अस्थायी प्रकृतिका हुने र ती ठाउँमा स्थायी दरबन्दी सिर्जना गर्दा आयोजना समाप्त भएपछि कर्मचारी व्यवस्थापनमा जटिलता आउने र आर्थिक भारसमेत पर्ने भएकाले स्थायी कर्मचारी नै खटाउने गरी अस्थायी दरबन्दी सिर्जना गरिएको कार्कीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत ४०० भन्दा बढी पदका लागि भर्ना आह्वान गरेको छ। यसअन्तर्गत प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी

काठमाडौँ — गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

काठमाडौं – नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले