"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्याङ्जा २ संघमा प्रकास र प्रदेशमा युवराजको चर्चा

प्रकाशित मिति :  १७ भाद्र २०७९, शुक्रबार १२:२६


स्याङ्जा । नेपाली कांग्रेसले आगामी चुनावका लागि उम्मेदवार बन्न इच्छुकहरूबाट आवेदन लिन थालेको छ । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. दुईमा बहालवाला प्रदेश सांसद् एवम् युवा नेता भागवत प्रकास मल्लको उमेदवारी चर्चा बढेको छ । त्यस्तै, प्रदेश (ख) मा प्रभावशाली, वैचारिक एवम् शालिन युवा नेता युवराज पाण्डेयप्रति जनमत देखिएको छ ।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । सोही चुनावमा कसलाई उम्मेदवार बनाउने भनेर कांग्रेसले पार्टीका नेता तथा कार्यकर्ताहरूबाट आवेदन लिइरहेको हो ।

सोहि अनुरुप स्याङ्जा कांग्रेसका इच्छुक उमेदवारहरु मध्येमा गरिएका विभिन्न सर्वेक्षण, पछिल्लो जनमत र कांग्रेस नेता तथा कार्यकर्ताहरुविच गरिएका प्रश्नहरुबाट प्रतिनिधिसभामा भागवत प्रकास मल्ल र प्रदेशमा युवराज पाण्डेयलाई टिकट दिएमा पार्टी भित्रको सन्तुलन, भौगोलिक रुपमा पनि समेटिन सकिने, क्रियाशिल कार्यकर्ताहरुको मनोभावना पनि सम्बोधन हुने जनमत देखिएको केहि प्रतिनिधि नेताले (परिचय उल्लेख नगर्ने) शर्तमा बताए ।

अन्य इच्छुक उमेदवारहरुका सन्दर्भमा पनि विभिन्न तर्कहरु छन् । कांग्रेस उपसभापति धनराज गुरुङले पनि क्षेत्र नम्वर दुईबाट उमेदवारी बन्न चाएका छन् । तर, आफ्नो क्षेत्र छोडेर अर्को क्षेत्रमा चुनाव लड्न गुरुङलाई चुनौतीपूर्ण रहेको केहि मतदाताको बुझाई छ । भने, उनि आफैले पनि यो कुरा स्वीकार गरेका छन् । अर्का, पूर्वमन्त्री एवम् बरिष्ठ नेता गोपालमान श्रेष्ठले प्रतक्ष्यतर्फ नै उमेदवारी हुन चाहना राखेता पनि धेरैले समानुपातिकमा बस्न सुझाएका छन् ।

त्यस्तै, प्रतिनिधिसभा समानुपातिबाट सांसद रहनुभएका मोहन पाण्डेयप्रति पनि मिश्रित धारणाहरु आएका छन् । पछिल्लो समय सांसद्को रुपमा हुदाँको भूमीका प्रतिका असन्तुष्टि र महाधिवेशन प्रतिनिधिमा भएको पराजयलाई लिएर उनिप्रति जनमत बनाउन गाह्रो हुने भनाई केहिमा छ । केहिको तर्क दुई दुई पटक सांसदका रुपमा चुनाव लडिसकेको हुदाँ अव नयाँ युवा पुस्तालाई प्रोत्साहनमा उनैले पहल गर्नुपर्ने धारणा पनि सुनिएका छन् ।

कांग्रेस कार्यकर्ताले संघको उमेदवार प्रकास नै किन खोजिरहेका छन ? भन्ने प्रश्नमा जिल्लामा नै उदयमान नेताका रुपमा देखिएका उनले प्रदेश सांसद्का रुपमा पछिल्लो समय खेलेको भूमिका र पार्टीको भित्रको लोकप्रियता नै हो । पार्टीको महाधिवेशनका समय जिल्ला सभापतिमा झिनो मतले पराजित भए पनि कतिपयले तरुणको राजनीतिबाट उदायका नेता प्रकास संघको लागि सशक्त उमेदवार हुने आकलन गरेका छन् ।

मुख्यतया प्रदेश (ख) तर्फ युवराज पाण्डेय, शिव गिरि, महेश भट्टराई, शेषकान्त पुरी, स्याम प्रसाद बस्याल लगायतको इच्छा देखिए पनि नेविसंघ निवर्तमान महामन्त्री एवम् युवा नेता युवराज पाण्डेयप्रति युवाहरुको आकर्षण बढेको देखिन्छ । विगत लामो समय देखि पार्टीलाई दिएको योगदान, निष्पक्ष भूमीका, शिक्षित राजनीतिकर्मी, शालिन व्यक्तिmत्व र विद्यार्थी राजनीतिका बेला देशै भरी देखिएको उनको प्रभावशाली छविलाई कदर गर्दै भावी स्याङ्जा कांग्रेसलाई चलायमान गराउन पनि पाण्डेयलाई अहिले अवसर दिनुपर्छ भन्नेको आवाज धेरै सुनिन्छन् ।

प्रदेश (ख) का सभापति महेश भट्टराईले पनि इच्छा देखाएका छन् भने चापकोट नगरपालीकाको पूर्वमेयर शिव गिरि पनि उमेदवारीको दौडमा छन् । अर्का, उदयमान नेता शेषकान्त पुरीले पनि आफ्नो दावा प्रस्तुत गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस गल्याङ नगरपालिकाका सभापति स्याम बस्यालको पनि इच्छा देखिएको छ ।

कांग्रेस विधानअनुसार कुनै तहको उम्मेदवारको टुंगो उम्मेदवारी दर्ता गर्नुभन्दा एक महिना पहिले नै तय गरिसक्नुपर्छ । इच्छुकहरूबाट आवेदन लिइसकेपछि प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका बैठक गरी विधानले तोकेको संख्याअनुसार मात्रै उम्मेदवार सिफारिस गर्ने व्यवस्था छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता असोज २३ मा गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह