"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी, अनुसन्धान अगाडी बढ्दै

प्रकाशित मिति :  २२ भाद्र २०७९, बुधबार १२:१८


काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ ।

लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।

प्रहरीका अनुसार घटना ५ भदौको हो । उनले निजी कारमा पीडित बालिकालाई लिन उनको होस्टल छेउ पुगेका थिए । अपरान्ह उनलाई लिन पुगेका सन्दिपले घुम्न भन्दै नगरकोट लगेका थिए । त्यहाँ खाजा खाएर फर्किँदा राति १० बजिसकेको थियो ।

उनले होस्टल राति ८ बजे बन्द हुन्छ भनेकी थिइन् । तर लामिछानेले वेवास्ता गर्दै रातिसम्म राखेका थिए ।

फर्किँएर आउँदा काठमाडौंको एक होटलमा बस्न भनेर राति दुई पटक बलात्कार गरेको पीडितको भनाइ छ । प्रहरीले मंगलबार नै पीडितको स्वास्थ्य परीक्षण गराएको छ ।

लामिछाने घटनाको भोलिपल्ट टी–२० सिरिज खेल्न केन्या गएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन