"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी, अनुसन्धान अगाडी बढ्दै

प्रकाशित मिति :  7 September, 2022 12:18 pm


काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ ।

लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।

प्रहरीका अनुसार घटना ५ भदौको हो । उनले निजी कारमा पीडित बालिकालाई लिन उनको होस्टल छेउ पुगेका थिए । अपरान्ह उनलाई लिन पुगेका सन्दिपले घुम्न भन्दै नगरकोट लगेका थिए । त्यहाँ खाजा खाएर फर्किँदा राति १० बजिसकेको थियो ।

उनले होस्टल राति ८ बजे बन्द हुन्छ भनेकी थिइन् । तर लामिछानेले वेवास्ता गर्दै रातिसम्म राखेका थिए ।

फर्किँएर आउँदा काठमाडौंको एक होटलमा बस्न भनेर राति दुई पटक बलात्कार गरेको पीडितको भनाइ छ । प्रहरीले मंगलबार नै पीडितको स्वास्थ्य परीक्षण गराएको छ ।

लामिछाने घटनाको भोलिपल्ट टी–२० सिरिज खेल्न केन्या गएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द