"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंसहित विभिन्न जिल्लामा सिडिओ फेरीए

प्रकाशित मिति :  7 September, 2022 6:47 pm


काठमाडौं । गृह मन्त्रालयले काठमाडौंलगायत विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गरेको छ।

काठमाडौं, ललितपुर, कास्कीलगायत जिल्लामा सिडिओ परिवर्तन गरेको हो। काठमाडौंका सिडिओ गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

काठमाडौंको नयाँ सिडिओमा घनश्याम उपाध्यायको सरूवा गरिएको छ। यसअघि उनी ललितपुरका प्रमुख जिल्ला अधिकारी थिए।

यस्तै कास्कीमा रहेका जयनारायण आचार्यको ललितपुरमा सरूवा भएको हो। कास्कीमा भने मन्त्रालय प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीको सरूवा गरिएको छ। गृहले जुम्ला, दैलेख, पाँचथरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ