"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महारानी एलिजाबेथ द्वितीयको निधन, शोकमा बेलायत विश्वभरीबाटै श्रदासुमन (तस्बिरमा हेर्नुहोस्)

प्रकाशित मिति :  २४ भाद्र २०७९, शुक्रबार ११:०५


काठमाडौं । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको ९६ वर्षको उमेरमा निधन भएको हो । उनले बेलायतमा ७० वर्षसम्म शासन गरेकी थिइन् ।

बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्।  उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराती बाल्मोरलमा निधन भएको हो। उनले ७० वर्षसम्म बेलायतको नेतृत्व गरिन्।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्। उनको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् र उनी १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बनेका छन्।

एजेन्सीहरुको सहयोगमा तस्बिरमा हेर्नुहोस् :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा लिज प्रकरणमा रिता सिंह वैद्यसहित १७ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिको कार्यालय

काठमाडौँ – सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका छन् ।

मनाङ- गृहमन्त्री रमेश लेखकले हरेक स्थानमा हुने विपद्मा उद्धार र सीमा सुरक्षामा सशस्त्र प्रहरी बल अब्बल बन्दै गएको बताएका छन्। आज

काठमाडौं – अब स्वास्थ्य बीमा गरेका व्यक्तिहरूले आफू बसेकै स्थानमा ‘प्रस्थान विन्दु’ (प्रथम सेवा विन्दु) कायम गरेर सेवा लिन सक्ने