"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बेलायती महारानीको निधनमा नेपालमा पनि ३ दिन शोक

प्रकाशित मिति :  9 September, 2022 7:28 pm


काठमाडौँ । बेलायती महारानी एलिजावेभको निधनप्रति दु:ख व्यक्त गर्दै नेपाल सरकारले उनको सम्मानमा भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको यस्तो निर्णय गरेको हो ।

‘संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ दृतियको ९६ वर्षको उमेरमा २०७९ भदौ २३ गते निधन भएकोमा नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना गर्दछ । यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ,’ सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर