"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सत्य निरूपण विधेयकमा : परिभाषामै विवाद, छलफल अड्कियो

प्रकाशित मिति :  13 September, 2022 11:17 am


काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ परिभाषा खण्डमै अड्किएको छ ।

सहमति जुटाउने गरी सोमबार बसेको प्रतिनिधिको कानून, न्याय तथा मानव अधिकार समितिमा मानव अधिकार र गम्भीर मानव अधिकारको परिभाषा के हुने भन्नेमै छलफल अडि्कएको हो ।

प्रचलित ऐनमा मानव अधिकार उल्लंघनलाई एकै ठाउँमा राखिएको छ । तर, सरकारले प्रस्तावित विधेयकमा मानव अधिकार उल्लंघनका घटना र मानव अधिकार गम्भीर उल्लंघनका घटना भनी अलग अलग रुपमा परिभाषित गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयकको प्रस्तावित परिभाषा संशोधन गरेर हत्या, जबरजस्ती करणी लगायतको गम्भीर योनजन्य हिंसालाई मानव अधिकार गम्भीर उल्लंघनका घटनाको परिभाषामा समेट्नुपर्ने बताउँदै आएको छ ।

एमालेका सांसदहरुले यही प्रस्ताव संशोधन प्रस्तावमा पनि राखेका छन् । तर, यसमा सरकार तयार नहुँदा सोमबारको छलफल निस्फल भएको हो । सोमबारको छलफलमा माओवादी केन्द्रका महासचिव देव गुरुङले ‘ज्यान मुद्धालाई गम्भीर मानव अधिकार उलंघनमा राख्न मिल्दैन्’ भनेपछि थप छलफल अगाडि बढ्न नसकेको हो ।

समिति सभापति कृष्णभक्त पोखरेल गम्भीर मानव अधिकार उलंघनको परिभाषा बाहेक अन्य विषयमा दलहरुबीच करिब करिब सहमति जुटेको छ ।

उनका अनुसार द्वन्द्वकालिन मुद्दा हेर्न गठन हुने ३ सदस्यीय विशेष अदालतमा एक जना न्यायाधीश अनिवार्य गर्ने विषयमा सहमति जुटेको छ । साथसाथै, विशेष अदालतमा न्याय परिषदको परामर्श वा सिफारिसमा न्यायाधिश नियुक्त गर्ने विषयमा पनि दलहरुका बीचमा बिमत्ति छैन् ।

विशेष अदालतले गरेको निर्णय उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने गरी जान समेत दलहरु तयार रहेको सभापति पोखरेलले बताए । तर, पुनरावेदन कित समयभित्र लाग्ने भनेर समय किबटान गर्ने विषयमा भने दलहरुका बीचमा छलफल जारी छ ।

सजाय घटाउने सन्दर्भमा पनि विधेयकको भाषा परिमार्जन गर्न दलहरु तयार छन् ।

प्रस्तावित विधेयकमा आयोगको सिफारिस महान्यायाधिवक्ता वा सरकारी वकिलका लागि मुद्दा चलाउन बाध्यकारी नहुने व्यवस्था छ । मुद्दा चलाएपछि घटना हुदाको परिस्थिति, कारण र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा कम सजाय मागदावी गर्नसक्ने व्यवस्था पनि राखिएको छ । मुद्दा चलेको व्यक्ति सार्वजनिक पदमा भएमा मुद्दा नटुंगिदासम्म निलम्बन हुने व्यवस्था विधेयकमा छ । यो प्रावधानमा पनि भाषा मिलाएर अगाडि ब्न दलहरु राजी भएका छन् ।

‘तर, परिभाषामै कुरा मिल्न नसकेपछि मिलेका विषयहरु पनि गौण रहे । अब कानुन न्याय तथा संसदीय मामिला मन्त्रीले सहमति जुटाउन सके विधेयक अगाडि बढ्छ नत्र बढ्दैन’, एमालेका एक सांसदले भने ।

अल्पमत बहुमतका आधारमा विधेयक अगाडि बढाउन नदिने पनि एमालेको अडान छ । २९ गते बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयकको प्रतिवेदन पेश गर्ने भनिएपछि मंगलबार थप छलफलका लागि बैठक राखिएको छैन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू