"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टेलिकमले आजदेखि सुरु गर्यो एमडीएमएस प्रणाली

प्रकाशित मिति :  15 September, 2022 11:51 am


काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।

नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली अनधिकृत रुपमा मोबाइल फोनहरु नेपालमा प्रवेशमा नियन्त्रण गर्ने उच्च प्रविधि हो । यसको ‍औपचारिक सार्वजनिक भने दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नेछन् ।

यो प्रणाली कार्यान्वयन भएसँगै नेपाल भित्रिने सबै मोवाइल दर्ता गर्नुपर्नेछ । यदि दर्ता नभएको खण्डमा नेपालीमा ती मोवाइल सञ्चालन हुने छैन ।

प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोवाइल स्वत: दर्ता हुनेछन् भने आज (बिहीबार)पछि भित्रिने सबै मोबाइलमा दर्ता गर्नुपर्ने छ ।

मोवाइल खरिद गर्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचित गरेको छ । त्यसका लागि MDMS.nta.gov.np मा गएर हेर्न सकिनेछ ।

मोबाइल आयताकर्ता र बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।

यो प्रणाली सुरु भएसँगै मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने ब्यवस्था गर्न सकिने प्राधिकरणको भनाइ छ ।जसले अपराध न्युनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्

तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा

काठमाडौँ – शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार