"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारको वार्षिक प्रतिवेदन : १ सय ३१ मुद्दा दायर

प्रकाशित मिति :  21 September, 2022 7:14 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो आर्थिक वर्षमा १ सय ३१ वटा मुद्दा दायर गरेको छ । बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले अदालतमा दर्ता गरेका मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी रहेको जनाएको छ ।

सम्पत्ति हानि नोक्सानीका ३५ वटा मुद्दा, गैरकानुनी लाभ वा हानि पुर्‍याएको सम्बन्धी मुद्दा ३४ वटा छन् ।

यस्तै, घूससँग सम्बन्धित मुद्दाको संख्या ३२, झूठा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दा ६, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ७, राजस्व चुहावटसम्बन्धी ५ र विविधसम्बन्धी १२ वटा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ती मुद्दामा ५ सय ३८ पुरुष र १०१ महिला गरेर ६ सय ३९ जना प्रतिवादी रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यस्तै ती मुद्दामा अख्तियारले २ अर्ब ७९ करोड २७ लाख ४८ हजार बराबरको बिगो मागदाबी पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार