"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारको वार्षिक प्रतिवेदन : १ सय ३१ मुद्दा दायर

प्रकाशित मिति :  21 September, 2022 7:14 pm


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो आर्थिक वर्षमा १ सय ३१ वटा मुद्दा दायर गरेको छ । बुधबार वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै अख्तियारले अदालतमा दर्ता गरेका मुद्दामध्ये सबैभन्दा बढी सार्वजनिक सम्पत्तिको हानिनोक्सानीसम्बन्धी रहेको जनाएको छ ।

सम्पत्ति हानि नोक्सानीका ३५ वटा मुद्दा, गैरकानुनी लाभ वा हानि पुर्‍याएको सम्बन्धी मुद्दा ३४ वटा छन् ।

यस्तै, घूससँग सम्बन्धित मुद्दाको संख्या ३२, झूठा शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित मुद्दा ६, गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी ७, राजस्व चुहावटसम्बन्धी ५ र विविधसम्बन्धी १२ वटा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । ती मुद्दामा ५ सय ३८ पुरुष र १०१ महिला गरेर ६ सय ३९ जना प्रतिवादी रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । यस्तै ती मुद्दामा अख्तियारले २ अर्ब ७९ करोड २७ लाख ४८ हजार बराबरको बिगो मागदाबी पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका