"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायातलाई सुरक्षित बनाउन कसरी सकिएला ?

प्रकाशित मिति :  25 September, 2022 6:19 pm


काठमाडौँ । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकको शुक्रबार बसेको बैठकले नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारबहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्बनलगायत विषयमा अनुगमन, नियमन, सुपरिवेक्षण, निर्देशन र समन्वय गर्न समिति गठन गरेको हो ।

चाडबाडको समय सुरु भएसँगै सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने नाममा विभिन्न कार्य गरे पनि त्यसको ठोस परिणाम भने देखिने गरेको छैन ।

असोज ६ गते मात्रै मकवानपुरको भीमफेदी र रुकुमपूर्वको भुमेमा गाडी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ