"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्वजनिक यातायातलाई सुरक्षित बनाउन कसरी सकिएला ?

प्रकाशित मिति :  25 September, 2022 6:19 pm


काठमाडौँ । सरकारले सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकको शुक्रबार बसेको बैठकले नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारी साधनको यान्त्रिक परीक्षण, भारबहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्बनलगायत विषयमा अनुगमन, नियमन, सुपरिवेक्षण, निर्देशन र समन्वय गर्न समिति गठन गरेको हो ।

चाडबाडको समय सुरु भएसँगै सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने नाममा विभिन्न कार्य गरे पनि त्यसको ठोस परिणाम भने देखिने गरेको छैन ।

असोज ६ गते मात्रै मकवानपुरको भीमफेदी र रुकुमपूर्वको भुमेमा गाडी दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाएका थिए भने दर्जनौं घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द