"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपा एमाले छाडेको घनश्याम भूसालको घोषणा, रूपन्देही १ बाट स्वतन्त्र उठ्ने तयारी

प्रकाशित मिति :  २२ आश्विन २०७९, शनिबार १४:५५


काठमाडौं । घनश्याम भूसालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

आसन्न प्रतिनिधि सभा निर्वाचनमा रूपन्देहीबाट उम्मदेवार सिफारिस भए पनि नेकपा एमालेले उनलाई टिकट नदिएपछि उनले पार्टी छाडेका हुन्। 

योसँगै भुसालले रूपन्देही-१ मा स्वतन्त्रबाट उठ्ने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ। यहाँ उनलाई सत्ता गठबन्धनले सहयोग गर्ने बचन दिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।

‘उहाँ रूपन्देही-१ बाट स्वतन्त्र उठ्ने तयारी छ। गठबन्धनको सहयोगमा उठ्ने तयारी हो। केहीबेरमा निधो हुन्छ,’ भुसालनिकट स्रोतले भन्यो। रूपन्देहीको १ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ। रूपन्देही भुसालको गृह जिल्ला हो।

स्रोतका अनुसार उनी स्वतन्त्र उठ्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गर्ने बचन दिएका छन्। ‘उहाँलाई स्वतन्त्र उठ्दा सहयोग गर्न बचन प्रचण्डले दिनुभएको छ,’ स्रोतले भन्यो।

भुसालले २०७४ को चुनावमा वाम गठबन्धनबाट रूपन्देही ३ बाट जितेका थिए। त्यो बेला पनि भुसाल रूपन्देही-१ मै उठ्न चाहेका थिए। तर एमाले अध्यक्ष केपी ओलीले उनलाई रूपन्देही-३ दिएका थिए। रूपन्देही-१ मा त्यतिखेर एमालेका छविलाल विश्वकर्माले जिते।

यसपालि पनि भुसालले एमालेबाट रूपन्देही-१ नै खोजेका थिए। तर उनले एमालेबाट टिकट नै पाएनन्। एमालेले रूपन्देही-१ मा यसपालि छविलाल विश्वकर्मालाई नै टिकट दिएको छ।

माओवादीका केही नेताले भने भुसाल माओवादीकै चुनाव चिह्नबाट उठ्ने भनिरहेका छन्। तर उनीनिकट नेताहरूले भने यसमा सत्यता नभएको बताएका छन्।

भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा भने राप्रपाका दिपक बोहोराले टिकट पाएका छन्। यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए। आफूले सार्वजनिक गरेको सूचीलाई चुनौती दिएको भन्दै एमाले अध्यक्ष केपी ओली भुसालप्रति अनुदार बन्दै आएका छन्। ओलीले आफ्ना विरूद्धमा अध्यक्ष उठेका भीम रावल, भुसाल लगायतलाई भोट नहाल्न उर्दी नै जारी गरेका थिए। 

यसैबीच शनिबार भुसालले भने एमाले छाडेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन् । बिहीबार सैनिक मञ्च

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्नुभएको छ । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह