"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगले सोध्यो प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण

प्रकाशित मिति :  19 October, 2022 11:26 am


काठमाडौं । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ, पत्र तयार हुँदैछ, आजै जान्छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘सरकारले एकपछि अर्को दीर्घकालीन महत्वको निर्णय गर्‍यो अनि कतिपय निर्णय समेत लुकायो भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको हो ।’

अनलाइनखबरमा सोमबार प्रकाशित ‘कामचलाउ भूमिका भुलेर दूरगामी निर्णय गर्दै चुनावी सरकार’ भन्ने समाचारका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।

त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरु निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्नेछ ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर