"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगले सोध्यो प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण

प्रकाशित मिति :  19 October, 2022 11:26 am


काठमाडौं । निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ, पत्र तयार हुँदैछ, आजै जान्छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘सरकारले एकपछि अर्को दीर्घकालीन महत्वको निर्णय गर्‍यो अनि कतिपय निर्णय समेत लुकायो भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको हो ।’

अनलाइनखबरमा सोमबार प्रकाशित ‘कामचलाउ भूमिका भुलेर दूरगामी निर्णय गर्दै चुनावी सरकार’ भन्ने समाचारका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचनको मिति घोषणा गरिसकेको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गरिरहेको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।

त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरु निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्नेछ ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द