"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध ६१ लाख भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  9 February, 2022 4:51 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।

५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ । ६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।

अख्तियारले सरकारी वकिलमाथि गैरकानूनी सम्पत्तिआर्जनको मुद्दा चलाएको यो दुर्लभ घटना हो । ‘एक त उनी रंगेहात घुस सहित पक्राउ परेका थिए’ अख्तियार स्रोतले भन्यो, ‘अर्कोतर्फ उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भेटिएकाले आयोगले कठोर निर्णय गरेर मुद्दा दायर गरेको हो ।’ अख्तियारले उनकी पत्नी अञ्जु खड्का थापा विरुद्ध पनि मुद्दा चलाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार