"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध ६१ लाख भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  9 February, 2022 4:51 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।

५ असार २०४५ मा सरकारी सेवामा प्रवेश गरेका थापाको गत वर्षसम्म एक करोड ७६ लाख रुपैयाँ मात्रै वैध आर्जन हुनेमा सम्पत्ति छानविन गर्दा दुई करोड ३७ लाख रुपैंया आर्जन गरेको भेटिएको अख्तियारको भनाइ छ । ६१ लाख रुपैयाँको स्रोत नखुलेको भन्दै अख्तियारले थापामाथि मुद्दा चलाएको हो ।

अख्तियारले सरकारी वकिलमाथि गैरकानूनी सम्पत्तिआर्जनको मुद्दा चलाएको यो दुर्लभ घटना हो । ‘एक त उनी रंगेहात घुस सहित पक्राउ परेका थिए’ अख्तियार स्रोतले भन्यो, ‘अर्कोतर्फ उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भेटिएकाले आयोगले कठोर निर्णय गरेर मुद्दा दायर गरेको हो ।’ अख्तियारले उनकी पत्नी अञ्जु खड्का थापा विरुद्ध पनि मुद्दा चलाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ