"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मतदातालाई प्रलोभनमा पार्ने काम भए कारवाहि हुन्छ : प्रमुख आयुक्त थपलिया

प्रकाशित मिति :  25 October, 2022 10:57 am


काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चाडपर्वको मौकामा मतदातालाई अवान्छित प्रलोभनमा नपार्न राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरेका छन् । सोमबार तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन् ।

‘चाडपर्वको मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिता विपरीत मतदाताहरुलाई अवान्छित रुपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधि नगर्न म सम्बन्धित सम्पूर्ण राजनीतिक दल, उम्मेवार र सबै मतदाताहरुमा हार्दिक अपिल गर्दछु’ उनले भनेका छन् ।

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावले राष्ट्रको जीवनमा सुशासन, समृद्धि र विकासको स्पष्ट मार्ग चित्र कोर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचन निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द