"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सवारी लाइसेन्सको अनलाइन आवेदन १ मंसिरदेखि बन्द

प्रकाशित मिति :  4 November, 2022 5:57 pm


काठमाडौं । सरकारले आगामी १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ ।

एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने बताएको छ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।

विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द