"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन सुरक्षा : २३ सय नेपाल प्रहरी भोलिदेखि फिल्डमा खटिँदै

प्रकाशित मिति :  7 November, 2022 1:06 pm


काठमाडौं । नेपाल प्रहरीले मंगलबारबाट निर्वाचनलक्षित मातहतका सुरक्षाकर्मीलाई सम्बन्धित जिल्ला खटाउने तयारी गरेको छ । नेपाल प्रहरीका अनुसार पहिलो चरणमा प्रहरी प्रधान कार्यालयबाट दुई हजार दुई सय ९३ सुरक्षाकर्मी जिल्ला खटिनेछन् । जसमा प्रहरी जवानदेखि डिएसपीसम्मका सुरक्षाकर्मी हुुनेछन् । प्रहरीका अनुसार उनीहरू खोटाङ, ओलखढुंगा, सोलुखुम्बु, झापा, इलाम, कालिकोट, मोरङलगायत जिल्लामा जानेछन् । निर्वाचन सकिएपछि मात्रै उनीहरू फिर्ता हुनेछन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले निर्वाचनलक्षित सुरक्षाका लागि उपत्यकाबाट पहिलो चरणमा २२ सय सुरक्षाकर्मी जिल्ला पठाउने तयारी रहेको बताए । निर्वाचनमा नेपाल प्रहरीका मात्रै ६७ हजार दुई सय ९६ सुरक्षाकर्मी निर्वाचन सुरक्षा प्रयोजनमा खटिनेछन् । उनीहरूमातहत एक लाख १२ हजार म्यादी रहनेछन् । निर्वाचन सुरक्षार्थ पहिलो घेरामा म्यादी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटिनेछन् । जसअनुसार प्रतिनिर्वाचनस्थल आठदेखि १२ जनासम्म सुरक्षाकर्मी खटाउने प्रहरीको तयारी छ ।  

लिंगअनुसार खटिने  सुरक्षाकर्मी
नेपाल प्रहरी र म्यादी
महिला – ३०,६०३
पुरुष – १,८६,६९०

महिला – ६,०९८
पुरुष– ६८,९०२

सशस्त्र प्रहरी 
महिला– ३,११०
पुरुष– ३१,७२८

निर्वाचन आयोगका अनुसार देशभर १० हजार आठ सय ९२ निर्वाचनस्थल तोकिएका छन् । जसलाई सुरक्षा संवेदनशीलताका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरिएका छन् । 

जसअनुसार तीन हजार चार सय १२ स्थल अति संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ जनाको दरले १२ सुरक्षाकर्मी खटिनेछन् । सुरक्षा संवेदनशीलताको दृष्टिले चार हजार चार सय २० स्थल संवेदनशील सूचीभित्र परेका छन् । निर्वाचनस्थलको पहिलो घेरामा नेपाल प्रहरीका तीन र म्यादी ६ गरी नौ सुरक्षाकर्मी खटिनेछन् । तीन हजार ६० निर्वाचनस्थल सामान्य सूचीभित्र परेका छन् । निर्वाचनस्थलमा भने नेपाल प्रहरीको तीन र म्यादी पाँच गरी आठ सुरक्षाकर्मी खटिनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द