"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओमसतिया गाउँपालिकाका पूर्वअध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  10 November, 2022 5:33 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका निवर्तमान अध्यक्ष हिरा केवट (रावल) र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत ओमसतियामा मत्स्य ब्लक सञ्चालक समितिको कार्यक्रम अनुदानमध्ये आधा रकम गाउँपालिकाका अध्यक्षकी भाउजु दुर्गादेवी केवटको नाममा रहेको सहानी समिलको नाममा दर्ता भोगचलन गराएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।

अध्यक्षसहितको मिलेमतोमा २० लाख ७५ हजार रुपैयाँ परिवारको सदस्य सञ्चालक रहेको समिललाई भुक्तानी दिनु भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।

अख्तियारले गाउँपालिकाका तत्कालिन लेखापाल रविलाल पाण्डेय, कृषि शाखा प्रमुख सुवोधराज भट्टराई, व्यवसायिक माछा ब्लक सञ्चालक समितिका तत्कालिन अध्यक्ष उमेश केवट, सचिव नरेन्द्र प्रसाद चौधरी र सहानी समिल सञ्चालक दुर्गावती केवट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ