"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मूल्यवृद्धिमा अघिल्लो महिनाको तुलनामा केही सुधार

प्रकाशित मिति :  16 November, 2022 3:35 pm


काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा समग्र उपभोक्ता मूल्यवृद्धिमा अघिल्लो महिनाको तुलनामा केही सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कअनुसार समीक्षा अवधिका समग्र उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत छ । भदौमा समग्र उपभोक्ता मुद्रास्फीति ८.६४ प्रतिशत थियो ।

भदौ महिनाको तुलनामा खाद्य तथा पेय पदार्थ र गैरखाद्य तथा सेवा दुवै क्षेत्रको मुद्रास्फीतिमा सुधार देखिएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८५ प्रतिशत रहेको छ । भदौमा मुद्रासस्फीति खाद्य तथा पेय पदार्थमा ८.१७ र गैर खाद्य तथा सवा क्षेत्रमा ९.०२ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मुद्रास्फीति १५.९१ प्रतिशत, फलफूलको १२.०६ प्रतिशत, मदिराजन्य पेय पदार्थको १०.२४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.४५ प्रतिशत र सुर्तीजन्य पदार्थको ८.४४ प्रतिशत रहेको छ ।

यस्तै गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मुद्रास्फीति २१.१५ प्रतिशत, स्वास्थ्यको १०.५४ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ९.४५ प्रतिशत र शिक्षाको ८.११ प्रतिशत र घरायसी उपयोगका वस्तुह?को ७.६८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

असोजमा काठमाडौं उपत्यकामा महँगी ६.९३ प्रतिशत, तराईमा ९.४२ प्रतिशत, पहाडमा ८.८४ प्रतिशत र हिमालमा ७.०७ प्रतिशत रहेको छ । गत वर्षको समीक्षा अवधिमा यी क्षेत्रहरुमा समग्र महँगी काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत, तराईमा ४.०१ प्रतिशत, पहाडमा ५.६८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मुद्रास्फीति रहेको थियो । असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने १३.७३ प्रतिशत रहेको केन्द्रिय बैंकले जनाएको छ । गत वर्ष असोजमा यस्तो मुद्रास्फीति ३.८३ प्रतिशत रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको