"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समानुपातिकतर्फ ९६ लाख मत गणना हुदा, कुन दलले कति मत पाए ?

प्रकाशित मिति :  29 November, 2022 2:12 pm


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भएको छ । 

आज अपराह्न १२ बजेसम्मको गणना अनुसार नेकपा एमालेले २६ लाख २७ हजार दुई सय ३४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कांग्रेसले २४ लाख ८५ हजार ८ सय पन्चासी मत प्राप्त गरेको छ ।

नेकपा(माओवादी केन्द्र)ले ११ लाख चार हजार आठ सय ३३ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७४ हजार एक सय ९६ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ५२ हजार आठ सय ७४, जनता समाजवादी पार्टीले तीन लाख ५८ हजार नौ सय २२ मत प्राप्त गरेको छ । 

आयोगका अनुसार जनमत पार्टीले तीन लाख एक हजार छ सय २० मत, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ६५ हजार पाँच सय ४७ मत प्राप्त गरेको छ । 

नागरिक उन्मुक्ति पार्टीले दुई लाख ४५ हजार तीन सय पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ३८ हजार चार सय आठ, नेपाल मजदूर किसान पार्टीले ७३ हजार एक सय ६९, हाम्रो नेपाली पार्टीले ५३ हजार तीन सय ५२ , मङ्गोल नेशनल अर्गनाइजेशनले ४६ हजार पाँच सय एक र राष्ट्रिय जनमोर्चाले ४५ हजार तीन सय पाँच मत प्राप्त गरेका छन् । 

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत थ्रेस होल्ड कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द