"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले सुरु गर्‍यो छानबिन

प्रकाशित मिति :  2 December, 2022 6:02 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको विषयमाथि छानबिन सुरु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरु गरिएको बताए। 

‘उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको मात्रै हो। अहिलेसम्म केही त्यस्तो (प्रगति) भएको छैन,’ बोहराले भने।  विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खारेज हुने प्रावधान छ। लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै उजुरी परेको थियो। 

रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनाव समेत लडेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन। 

त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन गरेर त्रुटी देखिए कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो। 

प्रशासनबाट छानबिन गर्न भन्दै पत्राचार भएपछि प्रहरीले छानबिन अघि बढाएको हो।  लामिछाने मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर