"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रवि लामिछानेको नागरिकतामाथि प्रहरीले सुरु गर्‍यो छानबिन

प्रकाशित मिति :  2 December, 2022 6:02 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताको विषयमाथि छानबिन सुरु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो। परिसरका एसएसपी भरतबहादुर बोहराले छानबिन सुरु गरिएको बताए। 

‘उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको मात्रै हो। अहिलेसम्म केही त्यस्तो (प्रगति) भएको छैन,’ बोहराले भने।  विदेशी नागरिकता लिएपछि स्वतः नेपाली नागरिकता खारेज हुने प्रावधान छ। लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै उजुरी परेको थियो। 

रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनाव समेत लडेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन। 

त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन गरेर त्रुटी देखिए कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो। 

प्रशासनबाट छानबिन गर्न भन्दै पत्राचार भएपछि प्रहरीले छानबिन अघि बढाएको हो।  लामिछाने मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द