"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन र समृद्धिको संकल्पसहित जनमुखी सरकारको परिकल्पना छ : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  10 January, 2023 1:31 pm


काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन तयार रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा विश्वासको प्रस्ताव पेस गर्दै दाहालले आफू निषेध, अपमान र प्रतिशोधका आधारमा अगाडि नबढी सहमति र सहकार्यका आधारमा चल्ने बताएका हुन् । 

सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पसहित आफूले विश्वासको मत मागेको पनि उनले बताए । नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरू वाम-लोकतान्त्रिक शक्तिकै सहकार्यमा भएको पनि उनको भनाइ छ ।

दुवै धारका शक्तिहरू मिल्दा देश अगाडि बढेको पनि उनले बताए । दुई ध्रुवका शक्तिहरू नमिल्दा देश संकटमा पुगेको उल्लेख गर्दै उनले सहमतिकै आधारमा राजनीति अगाडि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द