"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको अवस्था रुपान्तरणमा जोड दिन्छु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  13 January, 2023 1:07 pm


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।

आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्री दाहालले भने ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री दाहालले गरे ।

यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छहै भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधनमन्त्री दाहालले बताए ।

‘यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको छ’ उनले भने ‘तर अझै आशा बाँकी छन जस्तो गरी मत पनि दिएका छन् । जनताले पार्टीहरुलाई अग्नि परिक्षामा राखेका छन् ।’

प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर देशले राम्रो फाइदा लिन सिक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही निर्णय गरेको भन्दै उनले निजी क्षेत्रलाई विश्वारसमा लिएर मात्रै मुलुकले आर्थिक विकास गर्न सकिने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू