"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जनताको अवस्था रुपान्तरणमा जोड दिन्छु : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  13 January, 2023 1:07 pm


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो यो कार्यांकालमा भाषण कम र काम धेरै गर्ने बताएका छन् । शुक्रबार नेपाल हस्तकला महासंघको वार्षिक साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन् ।

आफ्नो कार्यकाललाई यो पटक ठूलो परीक्षाको रुपमा लिएको समेत प्रधानमन्त्री दाहालले बताए । ‘लोकतन्त्र घोषणा भयो तर जनताको जीवनस्तरमा परिवर्तन देखिएन,’ प्रधानमन्त्री दाहालले भने ‘आफ्नो कार्यकाललाई यो पटक ठूलो परिक्षाको रुपमा लिएको छु । भाषण कम गर्छु धेरै राम्रो काम गरेर देखाउँछु ।’

सरकारको कामहरु सुशासन र देशको हितका लागि केन्द्रित हुने भन्दै उनले यही कार्याकालमा नेपालको आर्थिक विकासको गति लिने, शुसानको जग बस्ने र राजनीतिक परिर्वतन अब आर्थिक विकासका परिणत हुने दाबी पनि प्रधानमन्त्री दाहालले गरे ।

यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको तर पार्टीहरुको सम्भावना अझै बाँकी छहै भनेर केही खबरदारी गरेको जस्तो देखिएको पनि प्रधनमन्त्री दाहालले बताए ।

‘यस पटकको संसदमा देखिएको उपस्थितिले जनताहरुले पार्टीको बिकल्प खोजे जस्तो पनि देखिएको छ’ उनले भने ‘तर अझै आशा बाँकी छन जस्तो गरी मत पनि दिएका छन् । जनताले पार्टीहरुलाई अग्नि परिक्षामा राखेका छन् ।’

प्रधानमन्त्री दाहालले हस्तकला निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने पनि बताए । वाणिज्य मन्त्रालय र हस्तकला महासंघ बीचमा सहकार्य गरेर देशले राम्रो फाइदा लिन सिक्ने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

अर्थतन्त्रको संकट समाधान गर्न सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै केही निर्णय गरेको भन्दै उनले निजी क्षेत्रलाई विश्वारसमा लिएर मात्रै मुलुकले आर्थिक विकास गर्न सकिने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी