"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रशासनको निर्णय : रात्रीकालीन व्यवसाय सुचारु हुने

प्रकाशित मिति :  13 February, 2022 3:01 pm


फाईल फोटो : दरवारमार्ग

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रीकालीन व्यवसायहरु आइतबारदेखि खुला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि रात्रिकालीन व्यवसाय खुला हुने उल्लेख छ । यसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रीकालीन व्यवसाय खुला भएका हुन् ।

आइतबारदेखि हेल्थ क्लब तथा जिमखाना समेत सञ्चालनमा आएका छन् । स्वीमिङ पुल र फुटसल समेत आइतबारदेखि सञ्चालनमा आएका हुन् । रात्रीकालीन व्यवसाय बढीमा रातको १० बजेसम्म मात्र चलाउन पाइने भएको छ । यस्तो व्यवसाय सञ्चालनका दौरान जनस्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ ।

होटल, रेष्टुरेन्ट र क्यासिनो भने यसअघि नै चलाउन पाइने निर्णय भएको थियो । सो क्रममा समेत कारोना विरुद्ध तोकिएका स्वास्थ्य मापदण्डको भने पालना गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द