"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रशासनको निर्णय : रात्रीकालीन व्यवसाय सुचारु हुने

प्रकाशित मिति :  13 February, 2022 3:01 pm


फाईल फोटो : दरवारमार्ग

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर राख्दै बन्द गरिएका रात्रीकालीन व्यवसायहरु आइतबारदेखि खुला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघिल्लो साता गरेको निर्णय अनुसार १ फागुनदेखि रात्रिकालीन व्यवसाय खुला हुने उल्लेख छ । यसअनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबजस्ता रात्रीकालीन व्यवसाय खुला भएका हुन् ।

आइतबारदेखि हेल्थ क्लब तथा जिमखाना समेत सञ्चालनमा आएका छन् । स्वीमिङ पुल र फुटसल समेत आइतबारदेखि सञ्चालनमा आएका हुन् । रात्रीकालीन व्यवसाय बढीमा रातको १० बजेसम्म मात्र चलाउन पाइने भएको छ । यस्तो व्यवसाय सञ्चालनका दौरान जनस्वास्थ्य र सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयको निर्णयमा उल्लेख छ ।

होटल, रेष्टुरेन्ट र क्यासिनो भने यसअघि नै चलाउन पाइने निर्णय भएको थियो । सो क्रममा समेत कारोना विरुद्ध तोकिएका स्वास्थ्य मापदण्डको भने पालना गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ