"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद विस्तार : कुन मन्त्रालय, कस्को नेतृत्वमा ? (सुचि सहित)

प्रकाशित मिति :  17 January, 2023 6:20 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद २३ सदस्यीय पुगेको छ । अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् ।

नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी रहेका छन् । त्यस्तै सुशीला शिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री बनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह रहेका थिए ।

त्यस्तै जनमत पार्टीबाट खानेपानी मन्त्री अब्दुल खान रहेका छन् । जनमत पार्टीले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो, तर उक्त मन्त्रालय एमालेका भण्डारीले पाए ।

वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय भने प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो मन्त्रिपरिषद्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल