"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

प्रकाशित मिति :  23 January, 2023 7:09 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले श्रेष्ठलाई सोमबार राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त गरेर पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन् ।

प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका श्रेष्ठ म्याग्दीका स्थायी बासिन्दा हुन् । उनी यसअघि पनि दाहाल प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू