"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मृतक प्रेमप्रसाद आचार्यले उठाएका मागको छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  25 January, 2023 5:46 pm


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संघीय संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारसँग भेटी मृतक आचार्यले उठाएका मागको उचित छानबिन गर्ने आश्वासन दिएका छन् । संसद् भवन अगाडि आफैँलाई आगो लगाएका इलामका आचार्यको परिवारलाई बुधबार भेटेर सहानुभूति प्रकट गर्दै उनको माग छानबिन हुने आश्वासन दिएका हुन् ।

संसद् भवन अगाडि आफ्नै शरीर जलाएपछि उनलाई कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले यस्ता कुराबाट वाक्क भएर केही गर्नका लागि राजनीतिमा प्रवेश गरेको बताए । उनले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकीर गर्दै देशलाई केही गरौँ भन्ने मनसायबाट आएको बताए ।उनले आफूबाट भएका कमीकमजोरी पनि नियाल्ने र बाँकी कुरामा पनि आफू गम्भीर भएर लाग्ने बताए ।

उनले भने, ‘अहिले दुःखको बेला अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु । समय लाग्नसक्छ,’ उनले भने‚ ‘सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ । हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु ।’

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमान्‌ले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी छन् । उनले देशमै केही गरौँ भन्ने मान्छेको मृत्यु भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण भएको बताइन् ।

उनले भनिन्, ‘उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो, तर अब बच्चाहरुको भविष्य के हुने हो ? मैले कसरी गर्ने; मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्; मैले सक्ने रोजगारी पनि दिनुस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले फारम भर्नसमेत लाखौं खर्च गर्नुपर्‍यो ?’

गृहमन्त्री लामिछानेले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरुले शव बुझेका छन् । मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तह र प्रदेशमा ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय

काठमाडौं – तीव्र गतिको इन्टरनेट सेवा (फिक्स्ड ब्रोडब्यान्ड) उपलब्धतामा नेपालले दक्षिण एसियाली क्षेत्रमै फड्को मारेको छ । इन्टरनेटको गति मापन

काठमाडौँ – नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार मासिक आधारमा माघ एक महिनामा औसत मूल्य वृद्धि ३.२५ प्रतिशत छ। गत माघमा

काठमाडौँ – नेपाल वायु सेवा निगमले बुधबार राति ‘स्पेशल फ्लाइट’ (विशेष उडान) मार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ।