"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री दाहाल र अमेरिकी उपमन्त्री नुल्याण्ड बिच भेटवार्ता

प्रकाशित मिति :  30 January, 2023 11:34 am


काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन्।सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए। ‘द्वीपक्षीय सहकार्यका विविध विषय र पारस्परिक हितका अन्य विषयमा पनि छलफल भएको छ,’ प्रधानमन्त्री कार्यालयले ट्विटरमा लेखेको छ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने न्युल्यान्ड उच्च अमेरिकी कूटनीतिज्ञ हुन्।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू