"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय प्रक्रिया बुझाउन सांसदलाई प्रशिक्षण दिदै सचिवालय

प्रकाशित मिति :  1 February, 2023 1:28 pm


काठमाडौँ । संसद सचिवालयले प्रतिनिधिसभाका सांसदलाई संसदीय प्रक्रियाको जानकारी दिन दुई दिन तालिम दिने भएको छ । सचिवालयले सांसदहरुलाई आचारसंहिता, संसदीय मर्यादा, कानुन निर्माण प्रक्रिया, सार्वजनिक नीति, सचिवालयबाट पाउने सुविधा र सांगठनिक स्वरुपको बारेमा जानकारी दिन लागेको हो ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहीबार र शुक्रबार सांसदहरुलाई प्रशिक्षण दिन लागिएको हो । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये १ सय ४२ जना पहिलो पटक संसद्मा प्रवेश गरेकाले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी जानकारी दिन प्रशिक्षण कार्यक्रम राखिएको सचिवालयका सचिव रोजनाथ पाण्डेले बताए ।

बिहीबार एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदीय मर्यादा र सांसदको भूमिकामाथि प्रशिक्षण दिने छन् । त्यस्तै पूर्वउपसभामुख पुष्पा भुषालले संसदीय प्रक्रिया र अभ्यासको बारेमा कक्षा लिने छिन् । उनले सभामा शून्य र विशेष समयको सदुपयोग कसरी गर्ने ? प्रश्नोत्तर कार्यक्रम, सभामा प्रस्तुत हुने प्रस्ताव साथै निर्णय गर्ने प्रक्रियाबारे पनि जानकारी दिइने कार्यक्रम तय गरिएको छ ।

संविधानसभाका सदस्य खिमलाल देवकोटाले संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीको बारेमा प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ । उनले संसदीय समितिको सैद्धान्तिक पक्ष, संसदीय निगरानी, समितिको कार्यक्षेत्र, समिति र सरकारबीचको अन्तरसम्बन्ध, समितिको प्रभावकारिता लगायत विषयमा प्रशिक्षण दिने कार्यक्रम बनाएको सचिवायलले जनाएको छ ।

शुक्रबार पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजेट तर्जुमा, निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिकाबारे प्रशिक्षण दिने छन् । त्यस्तै कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेलले कानुन निर्माण प्रक्रियाको बारेमा जानकारी दिने छन् ।

नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष विष्णुराज उप्रेतीले राष्ट्रिय नीति, सरकारका नीति तथा कार्यक्रम, नीति कार्यक्रम तथा बजेटको बारेमा जानकारी दिने कार्यक्रम राखेको छ । सचिव पाण्डेले सचिवालयको सांगठनिक संरचना र सेवा प्रवाहको जानकारी दिने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्