"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय प्रकृया र अभ्यासका बारेमा सांसद्लाई प्रशिक्षण

प्रकाशित मिति :  २० माघ २०७९, शुक्रबार ११:३९


काठमाडौँ । संसदीय प्रक्रियाको अभ्यास थालेका प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले संसद्मा पालन गर्नुपर्ने मर्यादा सिकेका छन् । संघीय संसद् सचिवालयको संसदीय प्रशिक्षण शाखाले उनीहरूलाई विज्ञहरूमार्फत ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयमा प्रशिक्षण दिएको हो ।

४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा आधाभन्दा बढी नयाँ सदस्य चुनिएर आएका छन् । पाँचवर्षे कार्यकालका लागि आएका अधिकांश सदस्य संसदीय प्रक्रिया र मर्यादाबारे स्पष्ट रूपमा जानकार छैनन् । प्रशिक्षणबाट संसद्को प्रक्रिया र ख्याल गर्नुपर्ने मर्यादाबारे ज्ञान प्राप्त भएको सहभागी सदस्यहरूले बताएका छन् । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वउपसभामुख पुष्पा भुसाल, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य खिमलाल देवकोटाले विगतको अनुभवसहित संसदीय मर्यादा, प्रक्रिया र अभ्यास, सांसदको भूमिका, संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीसम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा प्रतिनिधिसभाका अधिकांश सदस्य सहभागी थिए ।

सभामुख देवराज घिमिरेले संसद्को गरिमा, संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आह्वान गरे । उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुने उल्लेख गर्दै संसद्मा आफूले सक्रिय भूमिका निभाउन चाहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास

काठमाडौँ-  नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ। संघीय संसद्को संयुक्त बैठकमा

काठमाडौँ – नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ। शुक्रबार संघीय संसदको

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिनाले देश अगाडि बढिरहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा स्वदेश तथा