"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसदीय प्रकृया र अभ्यासका बारेमा सांसद्लाई प्रशिक्षण

प्रकाशित मिति :  3 February, 2023 11:39 am


काठमाडौँ । संसदीय प्रक्रियाको अभ्यास थालेका प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यले संसद्मा पालन गर्नुपर्ने मर्यादा सिकेका छन् । संघीय संसद् सचिवालयको संसदीय प्रशिक्षण शाखाले उनीहरूलाई विज्ञहरूमार्फत ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयमा प्रशिक्षण दिएको हो ।

४ मंसिरको निर्वाचनबाट प्रतिनिधिसभामा आधाभन्दा बढी नयाँ सदस्य चुनिएर आएका छन् । पाँचवर्षे कार्यकालका लागि आएका अधिकांश सदस्य संसदीय प्रक्रिया र मर्यादाबारे स्पष्ट रूपमा जानकार छैनन् । प्रशिक्षणबाट संसद्को प्रक्रिया र ख्याल गर्नुपर्ने मर्यादाबारे ज्ञान प्राप्त भएको सहभागी सदस्यहरूले बताएका छन् । संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वउपसभामुख पुष्पा भुसाल, वरिष्ठ अधिवक्ता एवं संविधानसभा सदस्य खिमलाल देवकोटाले विगतको अनुभवसहित संसदीय मर्यादा, प्रक्रिया र अभ्यास, सांसदको भूमिका, संसदीय समिति प्रणाली, अभ्यास र संसदीय निगरानीसम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा प्रतिनिधिसभाका अधिकांश सदस्य सहभागी थिए ।

सभामुख देवराज घिमिरेले संसद्को गरिमा, संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आह्वान गरे । उपसभामुख इन्दिरा रानाले संसद्को गरिमालाई उँचो बनाउन सांसदहरूको प्रभावकारी भूमिका हुने उल्लेख गर्दै संसद्मा आफूले सक्रिय भूमिका निभाउन चाहेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्