"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति उम्मेदवारका विषयमा बालुवाटारमा ओली प्रचण्ड छलफल

प्रकाशित मिति :  4 February, 2023 1:21 pm


काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ। 

एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको थियो। 

सत्ता साझेदार दुई दलका शीर्ष नेताको भेटमा गृहमन्त्रालय कसलाई दिने भन्ने विषय तथा राष्ट्रपति उम्मेदवारका विषयमा पनि कुराकानी भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसलासँगै गृहमन्त्री पद गुमेपछि अहिले रास्वपाले गृहमन्त्रालय आफैँले पाउनुपर्ने दावी गर्दै आएको छ। 

यो विषयमा सत्ता साझेदार दलले निष्कर्षमा पुग्ने बताएका छन्। त्यस्तै आगामी फागुन २८ गतेलाई राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपति चयनको निर्वाचन हुने तय भएसँगै कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि ओली-प्रचण्डबीच छलफल भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू