"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमसीसी टेबुलका बारेमा : देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

प्रकाशित मिति :  15 February, 2022 1:32 pm


काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल भएको छ ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुबीच बुधबारको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सकारात्मक छलफल भएको स्रोतले बतायो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी अनुमोदन र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल भएको थियो । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए ।

स्रोतले भन्यो– भोलि बोलाइएको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने विषयमा सत्ता घटकका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । तर त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे अझै केही दुविधाहरु बाँकी रहेकाले त्यसलाई हटाउने प्रयास जारी नै छ ।

सोमबार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने बताएका थिए भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधन नभइ अनुमोदन गर्न नसकिने बताएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिपछि कांग्रेसले पुरानो सहमतिबाट माओवादी पछि हटेको आशंका गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू