"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ह्युमन राइट्स वाचको सर्वेक्षण : नेपालमा असमानता बढ्दो

प्रकाशित मिति :  6 February, 2023 12:19 pm


काठमाडौँ । सामाजिक सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले त्यसलाई पूर्ति गर्नु राज्यको दायित्व हो । नेपालले त्यसका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आइरहेको छ । तर, यो रकमले नागरिकबीचको असमानता घटाउन नसकेको र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर तथा नागरिकता नभएका परिवारका बालबालिकाले कुनै लाभ लिन नसकेको एक अध्ययनले देखाएको छ ।

मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ह्युमन राइट्स वाचले गरेको सर्वेक्षणले नेपालको सामाजिक सुरक्षा कार्यक्रमले असमानतालाई सम्बोधन गर्न नसकेको देखाएको हो । वाचले हालै सार्वजनिक गरेको प्रतिवेदनले अनौपचारिक कामदारलाई सक्रिय रूपमा समेट्न सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न र नागरिकता नभएका परिवारका बालबालिकालाई सामाजिक सुरक्षाबाट वञ्चित नगर्नका लागि वैकल्पिक व्यवस्था मिलाउन पनि सुझाएको छ । नेपालले दिँदै आएको अधिकांश सामाजिक सुरक्षा औपचारिक रोजगारीसँग जोडिएकाले अनौपचारिक क्षेत्रका मानिस यसबाट बहिष्करणमा परेको वाचको निष्कर्ष छ ।

नेपालको पछिल्लो श्रमशक्ति सर्वेक्षण २०१७/१८ अनुसार कुल श्रमिक जनसंख्याको ८४.६ प्रतिशत र महिला श्रमिकको ९०.५ प्रतिशत अनौपचारिक काममा संलग्न छन् । यो ठूलो हिस्सा सरकारले खर्च गर्ने सामाजिक सुरक्षाका लाभबाट वञ्चित भएको प्रतिवेदनमा उल्लेख छ । वाचका अनुसार सामाजिक सुरक्षाको अभावले यो समूहलाई ठूलो संकटमा पारेको देखिन्छ । सामाजिक सुरक्षाबाट अनौपचारिक क्षेत्रका कामदारको बहिष्करण अन्तर्राष्ट्रिय मानव र श्रम अधिकारको मापदण्डविरुद्ध भएकाले यसबारे तत्काल आवश्यक कदम चाल्न वाचले नेपाल सरकारलाई अपिल गरेको छ ।

वाचका अनुसार सरकारले दिने सामाजिक सुरक्षा कार्यक्रमबाट देशको १७ प्रतिशत जनता मात्रै लाभान्वित छन् । सामाजिक सुरक्षाको लाभ लिने योग्यता नागरिकता कानूनसँग जोडिएकाले जनसंख्याको एक चौथाइभन्दा बढी मानिस सिधै यसबाट वञ्चित छन् । कोभिडकालमा सरकार र संयुक्त राष्ट्रसंघले गरेको अध्ययनले कम्तीमा १७.४ प्रतिशत नेपाली स्वास्थ्य, शिक्षा र जीवनस्तरजस्ता विभिन्न आधारभूत सेवाबाट वञ्चित भई बहुआयामिक गरिबीमा बाँचिरहेका छन् । यसमा महिला, बालबालिका र अपांगता भएका व्यक्ति बढी चपेटामा छन् । छ वर्ष मुनिका तीनमध्ये एक जना कुपोषणले ग्रस्त भएको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द